एजेन्सी, मेक्सिमा सरकारविरुद्ध भएको विशाल प्रदर्शनमा एक सय बढी घाइते भएका छन् ।
मेक्सिको सिटीमा भएको सरकार विरोधी प्रदर्शनमा झडपमा हुँदा कम्तिमा १२० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्, जसमा १०० प्रहरी अधिकारी पनि छन् ।
प्रदर्शनकारीहरूले मेक्सिकोको राजधानीमा हिंसात्मक प्रदर्शन गरेका थिए । अन्य शहरहरूमा पनि विरोध प्रदर्शनहरू भएको बीबीसीले जनाएको छ ।
प्रदर्शनकारीहरूले राष्ट्रपति क्लाउडिया शीनबाम बस्ने राष्ट्रिय दरबारमा सुरक्षा ब्यारेकको केही भाग तोडेका छन् । परिसरको सुरक्षा गरिरहेका प्रहरीले भीडविरुद्ध अश्रुग्यास प्रयोग गरेका थिए।
डकैती र आक्रमणलगायत विभिन्न अपराधमा संलग्न २० जनालाई पक्राउ गरिएको समाचारमा उल्लेख छ ।

राष्ट्रपति शेनबाउमले प्रदर्शनलाई उनको सरकारको विरोध गर्ने दक्षिणपन्थी नेताहरूद्वारा वित्त पोषित गरिएको बताइन् ।
सन् २०२४ अक्टोबरदेखि सत्तामा रहेकी राष्ट्रपति सेनबामले आफ्नै कार्यकालको पहिलो वर्षमा ७० प्रतिशतभन्दा माथिको जनसमर्थन कायम राखेकी छन् ।
तथापि, हालैका धेरै चर्चित हत्याकाण्डपछि उनको सुरक्षा नीतिमाथि निरन्तर आलोचना हुँदै आएको छ ।
यो विरोध प्रदर्शन जेन जेड युवा समूहहरूद्वारा आयोजना गरिएको हो, जसलाई केही हप्ताअघि उरुपानका मेयर कार्लोस मान्जोको हत्यासहित उच्च(प्रोफाइल हत्याहरूको विरोध गर्ने नागरिकहरूबाट समर्थन प्राप्त भएको थियो ।
जसले कार्टेलहरू विरुद्ध कडा कारबाहीको लागि आह्वान गरेका थिए।
विश्वका अन्य देशहरूमा पनि यही पुस्ताका नाममा सामाजिक तथा राजनीतिक परिवर्तनका मागसहित आन्दोलनहरू हुँदै आएका छन्।
नेपालमा पनि केही समय अघि मात्रै भ्रष्टाचार अन्त्यको माग गर्दै जेनजी आन्दोलनले सत्तापलट गरेको थियो ।
