मुख्यमन्त्री नियुक्तिको विरोधमा मधेश प्रदेश भवन अगाडि सात दलको धर्ना, आधा सडक जाम

जनकपुरधाम, मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलको विरोधका कार्यक्रम आज पनि जारी रहेको छ।

मधेश भवनको गेट अगाडि सात दलका प्रदेशसभा सदस्य तथा नेता कार्यकर्ताहरू राष्ट्रिय झण्डा लिएर शान्तिपूर्ण धरनामा बसेका छन्।

उनीहरू आधि सडक बन्द गरेर धर्नामा बसेका हुन्।

उनीहरूले संघीयता मिच्न पाइँदैन, असंवैधानिक मुख्यमन्त्रीको पद खारेजगर लगायतको नारा समेत लगाइरहेका छन् ।

कार्तिक २२ मा विश्वासको मत पाउने नभएपछि मुख्यमन्त्री पदबाट जितेन्द्रप्रसाद सोनलले राजीनामा दिएपछि तात्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई नियुक्त गरेर महोत्तरीको बर्दिबासमा सपथ ग्रहण गराएपछि नेपाली कांग्रेस सहित सात दल विरोध प्रदर्शन गरिरहेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशमा मुख्यमन्त्री नियुक्त भएपछि सात दलले त्यसको विरुद्धमा सर्वोच्चमा रिट समेत दायर गरेको छ।

उक्त रिटमा सर्वोच्चले आज दुवै पक्षलाई छलफलको लागि बोलाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *