काठमाण्डू, वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको उपाधि साबिक विजेता कर्णाली यश्विसले जितेको छ । कर्णालीले लगातार दोस्रोपटक उपाधि चुमेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार साँझ भएको खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३(२ को सेटमा पराजित गरेको हो ।
शुरूका दुई सेट लगातार जितेको कर्णालीले तेस्रो र चौथो सेट लगातार गुमाउन पुग्यो ।
कर्णालीले २६-२४, २५-१७, १३-२५, १७-२५ र १५-८ को सेटमा ललितपुरलाई पराजित गरेको हो ।
गत वर्षको फाइनलमा पनि कर्णालीले ललितपुरलाई नै पराजित गरेको थियो ।
पहिलो संस्करणमा पनि कर्णालीले दुई सेट लगातार जित्दा त्यसपछिका दुवै सेट गुमाएर अन्तिम सेटमा ललितपुरलाई स्तब्ध पारेको थियो ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा भएको एभरेष्ट महिला भलिबल लिगको यो दोस्रो संस्करण हो ।
दोस्रो संस्करणका यसअघि खेलहरू पोखरामा खेलाइएको थियो ।
तर, जेनजीको प्रदर्शनपछि विकसित असहज परिस्थितिका कारण खेल बीचमै स्थगित भएको थियो ।
