नेप्सेमा सामान्य अंकको सुधार, परिसूचक ३.२१ अंकले बढेर २ हजार ५६५.१६ विन्दूमा

काठमाण्डू, साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ।

आज नेप्से परिसूचक ०.१२ प्रतिशत अर्थात ३.२१ अंकले बढेर २ हजार ५६५.१६ विन्द्रूमा पुगेको बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.०४ प्रतिशतले घटेर ४४४.३७ विन्दूमा झरेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२७ वटा स्क्रिप्टको ७९ लाख ४७ हजार ५८ कित्ता सेयर ३ अर्ब ६२ करोड ६१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटामा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो ।

आज हाईड्रो समूह सर्वाधिक अर्थात ०.७७ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.०७ प्रतिशत, जीवन बीमा ०.५७, उत्पादन तथा प्रशोधन ०.३३, म्युचुअल फण्ड ०.२४, निर्जीवन बीमा ०.५० र व्यापार समूह ०.६९ प्रतिशतले बढे ।

अन्य समूह आज सर्वाधिक अर्थात ०.६७ प्रतिशतले घट्यो । विकास बैंक समूह पनि आज ०.४७ प्रतिशत, फाइनान्स ०.६१, होटल ०.३८,लगानी ०.२९ र लघुवित्त समूह ०.०५ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन साहस उर्जाको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३५ करोड ५८ लाख बढीको कारोबार भयो ।

राधी विद्युतको कम्पनीको पनि आज ३२ करोड ३२ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको २६ करोड ७६ लाख, शिवम् सिमेन्टको १६ करोड ५ लाख र सिनर्जी पावरको ९ करोड ५३ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका पाँच वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

आज साइन रेसुङ्गा डिबेञ्चर, बन्दीपुर केवलकार, माबिलुङ इनर्जी, सागर डिष्टिलरी र बुङ्गल हाईड्रोको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यो दिन दरमखोला हाईड्रोको सेयरमूल्य ६.८८, इष्टर्न हाईड्रोपावरको ६.२९ र स्वस्तिक लघुवित्तको सेयरमूल्य ४.०१ प्रतिशतले बढ्यो ।

सिटि होटल्सको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.९६ प्रतिशतले घट्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *