दिउँसो २ बजे सम्मका लागि सूचना टाँसेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ, प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन सकेको थिएन ।

सहज ढङ्गले बैठक सुचारु गर्ने विषयमा दलहरूबिच सहमतिको प्रयास नसकिएका कारण सुरु हुन सकेको थिएन ।

दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *