काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज मंगलबार बिहान साढे ११ बजे पार्टी कार्यालय ललितपुरको सानेपामा बस्दैछ ।
आइतबार र सोमबार स्थगित दुई दिन स्थगित भएको केन्द्रीय समिति बैठक पार्टी कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चलिरहेको छ । बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ ।
महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूका फरक–फरक धारणा छ । पार्टी नेता तथा पूर्वमन्त्री मो. आफताब आलमको निधनपछि केन्द्रीय समिति बैठक दुई दिन स्थगित गरिएको थियो ।
