अधिकांश भू-भागमा मौसम सफा रहने, केही प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना

काठमाण्डू, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी २४ घण्टामा देशका अधिकांश भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

हाल देशभर कुनै पनि उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मौसम स्थिर रहने महाशाखाले जनाएको छ।

महाशाखाले आज मंगलबार बिहान जारी गरेको पूर्वानुमान अनुसार, दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ भने देशका अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ।

त्यसैगरी, आज राति गण्डकी प्रदेशको पहाडी भू-भागमा मात्र आंशिक बदलीको अवस्था रहने र बाँकी भू-भागमा मौसम पूर्णतया सफा रहने पूर्वानुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *