चितवन, साँगे सभ्यता संरक्षण तथा विकास अभियानले रवि भण्डारीको संयोजकत्वमा ११ सदस्यीय अभियान चितवन–नवलपुर कार्यसमिति गठन गरेको छ ।
चितवनको गौरेश्वर पशुपति मन्दिर नारायणगढमा भएको कार्यक्रमले समितिमा सह–संयोजक लक्ष्मी न्यौपाने, सचिव जीवन वाग्ले, कोषाध्यक्ष केशवराज काफ्ले चुनिएका छन् ।
सदस्यहरूमा दधिराज वाग्ले, उर्मिला न्यौपाने, वासना पण्डित, प्रकाश भण्डारी, विष्णु वाग्ले घिमिरे, भगवती वाग्ले नेपाल र सागर काफ्ले छनौट भएका हुन् ।
कार्यक्रममा साँगे खोलाको पानी ढोलो क्षेत्रका मूल वंशज, हाल चितवन–नवलपुर क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिहरू, विवाहित छोरी–चेली र स्थानीय समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले अभियानका गतिविधि, उद्देश्य र संगठन विस्तारका आगामी योजनाबारे गहन छलफल गरेका थिए।
कार्यक्रम अभियानका केन्द्रीय संयोजक सुरेन्द्र वाग्लेको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा कवि तथा साहित्यकार माधवप्रसाद भारद्वाज प्रमुख अतिथि र अग्रणी महिला भुवनेश्वरी अधिकारी विशिष्ट अतिथि रहेका थिए ।
करीब डेढ सय सहभागीको उपस्थिति रहेको कार्यक्रममा महासचिव सरोज ओझा, पूर्ववरिष्ठ प्रहरी उपरीक्षक हरिराज वाग्ले, इन्जिनियर ठाकुरप्रसाद पण्डित, र बाला शर्मा लगायतले अभियानका उद्देश्य र महत्वका बारेमा विचार व्यक्त गरे ।
कार्यक्रमले साँगे सभ्यता संरक्षण तथा विकास अभियानलाई स्थानीय तहमा सशक्त रूपमा विस्तार गर्दै सांस्कृतिक पहिचान संरक्षणमा जोड दिने निर्णय गरेको थियो।
