सुकुम्बासी बस्ती पुगेर दुर्गा प्रसाईंको उत्तेजक अभिव्यक्ति– बालेनको घर भत्काउन जानुस् !

काठमाण्डू, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ अभियानुका नेतृत्वकर्ता दुर्गा प्रसाईंले सुकुम्बासी बस्तीमा पुगेर उत्तेजक अभिव्यक्ति दिएका छन् ।

काठमाडौं महानगरपालिकाले सुकुम्बासी बस्तीमा डोजर चलाए मेयर बालेन साहको घर भत्काउन उनको आग्रह छ ।

हामी तोडफोड नगर्ने, तोडफोड त उनीहरूले गरे । हामीलाई गर्नु छैन । भत्काउनेको नाइके त बालेन हुन् ।

भत्काउँदा–भत्काउँदै सिंहदरबारमा आगो लगाइदिए । अब लगाउन बाँकी केही छैन । बाँकी नभएर तपाईंहरूलाई आगो लगाएर खेद्न खोजेको ।

त्यसका लागि तपाईंहरू जतिखेर पनि लड्न, जुन अवस्थामा पनि लडेर बस्नलाई तयार हुनुस् । तपाईंको भत्काइसक्दा उसकोमा हुरुरु पुग्नुस् न, भत्काउन थालिहाल्नुस् ।

पुग्नुस् त खुँडा खुकुरी लिएर, आइतबार बिहान सुकुम्बासीहरूलाई सम्बोधन गर्दै प्रसाईंले भने ।

उनले श्रीमतीको गाडी केही समय रोकेका कारण बालेनले सिंहदरबारमा आगो लगाएको आरोप समेत लगाए ।

उसको बुढीको गाडी एकछिन रोकिँदा सिंहदरबारमा आगो लगाउने ।

उसको बच्चोचाहिँ बच्चो, तपाईंहरूको बच्चोचाहिँ बच्चो होइन ? उसको श्रीमतीचाहिँ श्रीमती, तपाईंहरूको श्रीमतीचाहिँ श्रीमती होइन? ऊचाहिँ मान्छे, तपाईंहरूचाहिँ मान्छे होइन ? उनीहरूले सिकाको होइन घरमा आगो लगाउन? उनीहरूले नै सिकाको हो नि, प्रसाईंले भने ।

प्रसाईंको भनाइ जस्ताको तस्तै

हामी तोडफोड नगर्ने, तोडफोड त उनीहरूले गरे । हामीलाई गर्नु छैन । भत्काउनेको नाइके त बालेन हुन् ।

भत्काउँदा–भत्काउँदै सिंहदरबारमा आगो लगाइदिए । अब लगाउन बाँकी केही छैन । बाँकी नभएर तपाईंहरूलाई आगो लगाएर खेद्न खोजेको ।

त्यसका लागि तपाईंहरू जतिखेर पनि लड्न, जुन अवस्थामा पनि लडेर बस्नलाई तयार हुनुस् ।

तपाईंको भत्काइसक्दा उसकोमा हुरुरु पुग्नुस् न, भत्काउन थालिहाल्नुस् । तपाईंहरू पुगिहाल्नुस् ।

पुग्नुस् त खुँडा खुकुरी लिएर अनि निकाल्नुस् उसको बुढीलाई बाहिर । उसको बुढीको गाडी एकछिन रोकिँदा सिंहदरबारमा आगो लगाउने ।

उसको बच्चोचाहिँ बच्चो, तपाईंहरूको बच्चोचाहिँ बच्चो होइन? उसको श्रीमतीचाहिँ श्रीमती, तपाईंहरूको श्रीमतीचाहिँ श्रीमती होइन? ऊचाहिँ मान्छे, तपाईंहरूचाहिँ मान्छे होइन? उनीहरूले सिकाको होइन घरमा आगो लगाउन ? उनीहरूले नै सिकाको हो नि ! तपाईंहरूलाई बचाउन नागरिक अभियान आइसकेको छ ।

हामी आइसकेका छौं । हिम्मत नहार्नुस् । सम्पूर्ण नेपालभरिका भूमिहीनहरूलाई के भन्छु भने व्यवस्था परिवर्तन गरौं, भूमिको व्यवस्था गर्ने जिम्मा दुर्गा प्रसाईंले लिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *