काठमाण्डू, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल (आइतबार बिहान) गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ।
आज दिउँसो भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने आकलन मौसम महाशाखाले गरेको छ।
यस क्रममा दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षारहिमपात हुने सम्भावना पनि छ ।
मौसम महाशाखाका अनुसार आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम महाशाखाले जनाएको छ।
