भारतसँग जोडिएको मधेश प्रदेशको सीमानाका बन्द हुँदै, नेपाली रेल पनि बन्द हुने

जनकपुरधाम, भारतको बिहार राज्यमा भइरहेको निर्वाचनका लागि मधेस प्रदेशसँग जोडिएको सीमानाका बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गर्दै साँझ ६ बजेदेखि मंगलबार साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाएको छ।

बिहार राज्यमा विधानसभा निर्वाचन अन्तर्गत मंगलबार दोस्रो चरणको मतदान हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागि सीमानाका बन्द गर्न लागिएको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म नेपाल–भारत सीमानाकामा मानवीयरआकस्मिक सेवा बाहेकका आवागमन पूर्ण रुपले बन्द रहने जनाएका हुन्।

यस्तै, जिल्ला प्रशासन कार्यालय महोत्तरीले समेत सूचना जारी गर्दै मंगलबार साँझ ६ बजेसम्म सीमानाका बन्द रहने जनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी संजयकुमार पोखरेलले यसअवधिमा नेपाल–भारत सीमानाकामा मानवीयरआकस्मिक सेवा बाहेकका आवागमन बन्द रहने जनाएका हुन्।

जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले समेत एक सूचना जारी गर्दै बिहार राज्यको सितामढी तथा पूर्वी चम्पारण जिल्लामा दोस्रो चरणको विधानसभाको निर्वाचन हुने भएकाले सीमानाका बन्द हुने जनाएका हुन्।

यता नेपाल–भारत सीमानाका बन्द हुने भएपछि बिजलपुर–कुर्था–जनकपुरधाम–जयनगर रेल सेवा समेत बन्द हुने भएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले सीमानाका बन्द हुने भएकाले भारतको जयनगरसम्म पुग्ने रेल सेवा बन्द हुने जनाएको छ। सीमानाका खुलेपछि पुनः सेवा शुरुहुने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *