विप्लवलाई भेट्न उनकै निवास पुगे घनश्याम र जनार्दन

काठमाण्डू, नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूषाल शुक्रबार बिहान नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई भेट्न ललितपुरको हरिसिद्धीस्थित उनको निवास पुगेका छन्।

तीनै नेताबीच अहिले समसामयिक राजनीतिक विषय र सम्भावित नयाँ राजनीतिक ध्रुवीकरणबारे छलफल भइरहेको बताइएको छ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीचको एकता प्रक्रियाबाट असन्तुष्ट नेताहरूबीच पछिल्ला दिनमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने चर्चा तीव्र बनेको छ।

पार्टी विभाजन हुनुअघि नै जनार्दन शर्मा, राम कार्की र घनश्याम भूषाललगायतका नेताहरूले विप्लवसहितका वामपन्थी नेताहरूसँग अनौपचारिक भेटघाट र संवाद सुरु गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *