भुषाल र झाँक्रीसहित ६ जना समाजवादीबाट निष्कासित

काठमाण्डू, एकीकृत समाजवादीले पार्टी केन्द्रीय कमिटीको निर्णय विपरीत गतिविधि गरेको भन्दै महासचिव घनश्याम भुषाल, पूर्वमन्त्री रामकुमारी झाँक्री सहित ६ जना केन्द्रीय नेताहरूलाई निष्कासन गरेको छ।

अध्यक्ष माधवकुमार नेपालले बुधबार नै उनीहरुलाई पार्टीबाट निष्कासन गरेको विज्ञप्ति जारी गरेका हुन्। सचिवालयको बैठकले भुषाल, झाँक्रीसहित उपमहासचिव दामोदर अर्याल, केन्द्रीय सदस्यहरु नन्दलाल बन्जाडे, धर्मराज निरौला र कृष्णकुमार श्रेष्ठ (किसान) छन्।

उनीहरूलाई पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको नीति, विचार, सिद्धान्त र कार्यक्रम मिल्ने पार्टीसँग एकता गर्नेू भन्ने निर्णयको उल्लङ्घन गरी भेला र पत्रकार सम्मेलनजस्ता गतिविधिहरू गरेको समाजवादीको ठहर छ।

बुधबार नै एकीकृत समाजवादीले माओवादी केन्द्रसहितका दश वाम घटकसँग पार्टी एकता घोषणा गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *