एजेन्सी, भारतमा जारी इण्डियन प्रिमियर लिग ( आइपीएल ) मा दिल्ली क्यापिटल्सले प्लेअफ पुग्ने झिनो आशा जीवितै राखेको छ ।
गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सलाई १९ रनले हराउँदै दिल्लीले प्लेअफको झिनो आशा जीवित राखेको हो ।
यो जीतपछि ऊ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । दिल्ली प्लेअफमा पुग्न अब हैदराबादले पञ्जाब र गुजरातसँग फराकिलो अन्तरले पराजित हुनु पर्छ ।
साथै, चेन्नईले बेंगलुरुलाई हराएको अवस्थामा दिल्लीको प्लेअफ यात्रा सम्भव छ । १४ खेल खेलिसकेको दिल्लीसँग अहिले १४ छ ।
दिल्लीले लखनउलाई हराउँदा राजस्थान रोयल्स प्लेअफमा पुगेको छ । जारी सिजनमा प्लेअफमा पुग्ने ऊ दोस्रो टिम हो ।
दिल्लीसँगको हारले लखनउको प्लेअफ यात्रा भने लगभग समाप्त भएको छ ।
उसले अन्तिम खेलमा निकै फराकिलो जीत निकाले मात्र प्लेअफमा स्थान बनाउने झिनो आशा छ । अहिले ऊ १३ खेलबाट १२ अंकसहित सातौं स्थानमा छ ।
आइपिएलमा आज राजस्थान र पञ्जाब खेल्दै छन् । यी दुई टिमबीचको खेल राति ७ः४५ देखि गुवाहाटीमा सुरु हुनेछ ।