तीन महिनामा वैदेशिक रोजगारीमा जान दुई लाखभन्दा बढीले लिए श्रम स्वीकृति

काठमाण्डू, वैदेशिक रोजगारीमा जान पछिल्लो तीन महिनामा दुई लाखभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार, चालू आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा उनीहरूले श्रम स्वीकृति लिएका हुन् ।

०८२ साउनदेखि असोजसम्मको तीन महिनामा कुल दुई लाख ७१६ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

विभागको तथ्यांक अनुसार, गएको असोज महिनामा मात्र ५६ हजार ६२५ पुरुष र आठ हजार ९ जना महिला गरी ६४ हजार ६३४ जनाले श्रम स्वीकृति लिएका छन् ।

गएको साउनमा ६८ हजार ११० र भदौमा ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका थिए ।

गतआर्थिक वर्ष २०८१र८२ को पहिलो तीन महिनामा कुल एक लाख ७० हजार ५९१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

गतआर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ३० हजार १२५ जना बढीले श्रम स्वीकृति लिएका छन् ।

गतआर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १७.६५ प्रतिशतले वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *