विनवार्ड्सविरुद्ध नेपालको सहज जीत, दीपेन्द्र र सोमपालको उत्कृष्ट फिनिसिङ

काठमाडौं, आसन्न टी–२० विश्वकपको तयारीका लागि क्यारेबियन देश सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा जीत निकालेको छ ।

नेपालले पहिलो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजविरुद्ध ४ विकेटको जीत निकालेको हो ।

गएराति सम्पन्न खेलमा विनवार्ड्सले दिएको १ सय ९७ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालका लागि कुशल भुर्तेलले ७०, दीपेन्द्र सिंह ऐरीले अविजित ५२ र सोमपाल कामीले ३२ रन बनाए । बाँकी ब्याटरले भने ठूलो पारी खेल्न सकेनन् ।

नेपाललाई जीतका लागि अन्तिम दुई ओभरमा ३८ रन आवश्यक थियो । १९औँ ओभरमा दीपेन्द्रले चार छक्का प्रहार गर्दै यस ओभरमा २६ रन जोड्दै नेपाललाई जीत नजिक पुर्याए ।

अन्तिम ओभरमा सोमपालले एक छक्का र एक चौकाका साथै दुई रन जोड्दै नेपाललाई ४ विकेटको जीत दिलाए ।

यस्तै, यस खेलमा कुशल भुर्तेलले ७० रनको पारी खेले। नेपालले अब विनवार्ड्ससँग दोस्रो टी–२० बिहीबार खेल्नेछ।

यो सिरिज खेलेपछि नेपाली टिम २१ मेमा अमेरिका फर्किनेछ । विश्वकपमा नेपालले पहिलो खेल ४ जुनमा नेदरल्याण्ड्ससँग खेल्ने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *