साताको पहिलो दिन ३०.७५ अंकले बढेर २ हजार ६३१.१४ विन्दूमा, कारोबार ९.२० अर्ब

काठमाण्डू, साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसूचक १.१८ प्रतिशत अर्थात ३०.७५ अंकले बढेर २ हजार ६३१.१४ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०।.७ प्रतिशतले बढेर ४५७.२२ विन्दूमा पुगेको छ ।

आइतवार नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर ९ अर्ब २० करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आइतवार नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो ।

आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ५.१७ प्रतिशतले बढ्यो ।

यस्तै आज बैंकिङ समूह ०.२९ प्रतिशत, विकास बैंक ०.९०, होटल १.२०, हाईड्रो १.१८, लगानी ०.८०, जीवन बीमा ४.३५, उत्पादन तथा प्रशोधन ०.९६,लघुवित्त १.३८, म्युचुअल फण्ड ०.१०, निर्जीवन बीमा १.३३ र अन्य समूह १.२३ प्रतिशतले बढ्यो ।

आज व्यापार समूह मात्रै घट्यो । यो समूहमा आज १.१० प्रतिशतको गिरावट आयो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन बैंकको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भयो ।

आज हिमालयन बैंकको संस्थापक सेयरको १ अर्ब ६६ करोड बढीको कारोबार भयो ।

युनियन हाईड्रोपावरको पनि आज ३४ करोड ३० लाख, बुटवल पावरको २५ करोड ४८ लाख, राधी विद्युतको २४ करोड ५० लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ५१ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

आज सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाईड्रो, पिपुल्स पावर, तेह्रचुम पावर, गृह्वेश्वरी मर्चेन्ट बैंकिङ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.०८ प्रतिशत, दोर्दीखोला जलविद्युतको ७.९४ प्रतिशत र क्रेष्ट माईक्रो लाइफको सेयरमूल्य ७.९१ प्रतिशतले बढ्यो ।

खानी खोला हाईड्रोपावर आज सर्वाधिक सेयरमूल्य गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज ४.७६ प्रतिशतले घट्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *