नियमित महाधिवेशन मिति घोषणा गर्न माग गर्दै कांग्रेस कार्यालयको मुख्य गेटमा तालाबन्दी

काठमाण्डू, १५ औं महाधिवेशन मिति घोषणाको माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपास्थित मुख्य गेटमा तालाबन्दी गरिएको छ।

युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने मागसहित प्रदर्शन गरेका युवाहरूले कांग्रेस कार्यालयको मुख्य गेटमा आइतबार दिउँसो तालाबन्दी गरेका हुन्।

नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगर, भुवन भट्ट, मनिष रायमाझी लगायतले नेपाली कांग्रेस सुधार अभियान भन्दै आज कांग्रेस कार्यालयमा तालाबन्दी गरेका हुन्।

6e46111d-e8ba-44d6-8399-9a0f255cb1af-1762071064.jpg

‘युवाको प्रतिनिधित्व ४० प्रतिशत हुनुपर्ने र १५ औं महाधिवेशन कार्यतालिका छिटो ल्याउनुपर्ने मागसहित हामीले आज तालाबन्दी गरेका हौं,’ रिमालले सेतोपाटीसँग भने।

असोज २८ गतेदेखि सुरू कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशन कार्यतालिकामा विवाद हुँदा पटक पटक स्थगित हुँदै आएको छ।

कांग्रेस कार्यालयको गेटमा तालाबन्दी गर्नेमध्ये अधिकांश नेता डा.शेखर कोइरालानिकट छन्।

76dd48df-2ae5-4685-a7bb-97232a986f4e-1762071064.jpg

नेता कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पनि महाधिवेशन कार्यतालिकाबारे पदाधिकारीहरूसँग धोविघाटमा कुराकानी गरेका थिए।

eaf64668-79c3-4343-85ec-1cd47863c90c-1762071065.jpg

त्यहाँ महाधिवेशन कार्यतालिकाबारे सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक असोज १८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो।

कांग्रेसमा संस्थापन पक्षले चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने बताएको छ भने संस्थापनइतर समूहले ढिलोमा पनि पुसभित्र महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *