काठमाण्डू, केही दिनदेखि जारी फोहोर विसर्जनको अवरोध तत्कालका लागि हटेको छ।
शहरी विकासमन्त्री कुलमान घिसिङले आइतबार बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा पुगेर स्थानीयसँग छलफल गरी तत्कालका लागि फोहोर विसर्जनको अवरोध हटाएका हुन्।
मन्त्री घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका बासिन्दासँग १५ दिनभित्र उनीहरूको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यसका आधारमा स्थानीयले १५ दिनका लागि फोहोर फाल्न अनुमति दिएका छन्।
काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकामा झन्डै दुई सातादेखि फोहर उठ्न सकेको थिएन।
मेयर बालेन शाहलगायतका प्रतिनिधिहरू स्थानीयसँग समस्याको समाधान खोजी गर्दै आएका थिए।
तर, मन्त्री घिसिङले जिम्मेवारी लिँदै अन्ततः फोहर व्यवस्थापनको समस्या समाधानका लागि पहल गरेका हुन्।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार घिसिङले स्थानीयवासी र ककनीका जनप्रतिनिधिसँग गरेको सहमति १५ दिनभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
