कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो।

पार्टी मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ। कांग्रेसभित्र आसन्न १५ औँ महाधिवेशन कार्यतालिका सम्बन्धी विवाद छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको समूहले मंसिरभित्र महाधिवेशन सक्नेगरी कार्यतालिका ल्याउनुपर्ने पक्षमा छन्।

यता‚ संस्थापन पक्ष भने निर्वाचन अघी महाधिवेशन गर्न नसकिने र कार्यतालिका पनि त्यसै अनुसार ल्याउनुपर्ने अडानमा छन्।

सोही विवादका बिच ५४ प्रतिशत महाधिवशेन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन्।

कांग्रेसको केन्द्रीय समिति बैठक यहीँ विषयमा रूमलिएको छ।

आज केन्द्रीय समिति बैठक बस्नुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्न दुई महामन्त्रीसहित शीर्ष नेताको बैठक पनि बोलाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *