संसदमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं, संसद्‍मा लगातार अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा भने अवरोध नगर्ने भएको छ।

संसद्‍मा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेस संसदीय दल दलले निर्णय गरेको बैठकमा सहभागी एक सांसदले जानकारी दिए।

आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो। दलको बैठक भने जारी नै छ।

संसदीय दल कार्यसमितिको बैठक सकेर कांग्रेस संसदीय दलको बैठक बसेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *