आइएपीएलमा गुजरात र कोलकाताबीचको खेल रद्द, गुजरात प्रतियोगिताबाटै बाहिरियो

एजेन्सी, इन्डियन प्रिमियर लिगमा गएराति भएको खेल वर्षाका कारण रद्द भएको छ ।

गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल रद्द भएको हो । लगातारको वर्षाका कारण टस पनि हुन सकेन् ।

एक बल पनि नभई खेल रद्द भएपछि गुजरात र कोलकाताले १–१ अंक बाँडेका छन् ।

अंक बाँडेपनि शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना नरहेपछि गुजरात प्रतियोगिताबाट बाहिरिएको छ ।

गुजरातले १३ खेलमा ५ मा जीत र ७ मा हार बेहोरेर ११ अंक जोडेको थियो ।

कोलकाता भने प्लेअफ पुग्ने पक्का भएको छ । १३ खेलमा १९ अंक भएको कोलकाता तालिकाको शीर्ष स्थानमा छ ।

आईपीएलमा आज दिल्ली र लखनउ खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *