जसपाको केन्द्रीय समिति बैठक आज पनि, महाधिवेशनको एजेन्डामाथि छलफल हुने

काठमाडौं, जनता समाजवादी पार्टी ( जसपा ) नेपालको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।

बिहान ११ बजेदेखि बस्ने बैठकमा पार्टीको आगामी महाधिवेशनको एजेन्डामाथि छलफल हुनेछ ।

ललितपुरस्थित ज्यापू प्रज्ञा भवनमा सोमबारदेखि जारी बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी रहेको जसपा केन्द्रीय प्रचार विभागले जनाएको छ ।

जसपाको आगामी महाधिवेशन यही २८ जेठदेखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *