श्रीनगर एग्रीटेकको आईपीओ बाँडफाँड, ३ जना भाग्यमानीले पाए थप एक कित्ता

काठमाण्डू, श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ ।

उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ९८ हजार ३३३ आवेदकबाट २ करोड ५ लाख ६८ हजार २१० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये १८ लाख ६९ हजार ३३० आवेदन सदर र २६ हजार ६३६ आवेदन बदर भएको छ ।

यसरी कुल सदर आवेदकबाट २ करोड २ लाख ५० हजार ५१० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये २ लाख ५१ हजार ४९ जनालाई १० कित्ताका दरले २५ लाख १० हजार ४९० कित्ता सेयर बाँडफाँड गरिएको छ ।

बाँकी ३ जनालाई थप एक/एक कित्ताका दरले थप ३ कित्ता बाँडफाँड गरिएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *