डडेल्धुरा, डडेल्धुरामा नुहाउनेक्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।
आइतबार अपरान्ह जिल्लाको गन्यापधुरा गाउँपालिका–२ कुँवर गाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दीपा मल्लको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिए ।
उनका अनुसार मृतक दुवै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल डडेल्धुरामा राखिएको छ ।