भाइटीकाको दिन सडकमा आयो जेनजी युनाइटेड

काठमाण्डू, जेनजी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको सम्झनामा श्रद्धासुमनसहित भाइटीका कार्यक्रम गरेका छन्।

उनीहरुले जेनजी एक हुनुपर्ने माग समेत राखेका छन्। जेनजी एक नभएसम्म सहिदका आत्माले शान्ति नपाउने र सहिदको आत्मा सधैँ भौंतारिरहने बताए।

काठमाडौँको माईतीघर मण्डलामा भेला भइ जेनजी युनाइटेडले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्।

उनीहरुलै रगतले लेखिएको इतिहास अब खेर नजाओस्, सहिदको नाममा स्वार्थको खेल नहोस्, सहिदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो जस्त प्लकोर्ड बोकेर प्रदर्शन गरेका हुन्।

उनीहरुले माइतीघर मण्डलामा नेपाली झण्डा शरीरमा ओढेर शान्तिपूर्ण प्रदर्शन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *