आइतवार तोलामा ५६ सय घटेको सुनको मूल्य आज ३ सयले बढ्यो, चाँदी पनि महँगियो

काठमाण्डू, हिजो तोलामा पाँच हजार ६ सय रुपैयाँ घटेको सुनको मूल्यमा आज थोरै बढेको छ।

दसैँयता लगातार उच्च दरमा मूल्यवृद्धि हुँदै आएको सुनको भाउ आज तोलामा तीनसय रुपैयाँ मात्रै बढेको हो।

सुनको मूल्य आज तोलाको दुई लाख ५३ हजार पाँचसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य दुई लाख ५३ हजार दुईसय रुपैयाँ थियो।

तोलामा सात हजार एकसय रुपैयाँ बढेर गएको शुक्रबार सुनको मूल्य दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

गएको असोज १९ गतेदेखि असोज ३० गतेसम्म (१३ दिनको अवधिमा) सुनको मूल्य तोलामा ३४ हजार हजार आठसय रुपैयाँ बढेको थियो।

गत वर्षको मंसिर १० गते एकैदिन सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ अहिले फेरि उच्च भएको हो।

चाँदीको मूल्य पनि आज बढेको छ। चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँ बढेर तीन हजार दुईसय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *