सात हजार एक सयले बढ्यो सुनको मूल्य

काठमाण्डू, सुनको मूल्य शुक्रबार सात हजार एक सय रुपियाँले बढेर तोलामा दुई लाख ५८ हजार रुपियाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुन १० ग्रामकै दुई लाख २१ हजार १९५ रुपियाँ पुगेको छ ।

यसअघि बिहीबार छापावाल सुन तोलामा दुई लाख ५० हजार नौ सय रुपियाँ कायम भएको थियो ।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ७५ रुपियाँले बढेर चाँदी तोलामा तीन हजार ३५० रुपियाँ कायम भएको महासङ्घले जनाएको छ ।

यसअघि बिहीबार चाँदी तोलामा तीन हजार २७५ रुपियाँ कायम भएको थियो ।

विगत एक महिनामा नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४३ हजार रुपियाँ बढेको छ । गत भदौ ३० गते सुनको मूल्य प्रतितोला दुई लाख १५ हजार रुपियाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *