कांग्रेसको कार्य सम्पादन समितिको बैठकले तय गर्यो केन्द्रीय समितिका लागि ८ एजेन्डा

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा विभिन्न ८ वटा एजेन्डामा छलफल हुने तय भएको छ।

बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले बैठकका एजेन्डा तय गरेको हो।

एजेन्डामा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछिको राजनीतिक घटनाक्रम, पार्टीको १५औं महाधिवेशनका विषयलगायत एजेन्डा छन्।

मंगलबार नै सुरु भएको केन्द्रीय समिति बैठक सभापति शेरबहादुर देउवाले सम्बोधन गरेलगत्तै स्थगित भएको थियो।

त्यसपछि बुधबार बैठक बसेन। आजको बैठकको अध्यक्षता भने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्नेछन्।

मंगलबार देउवाले उपसभापति खड्कालाई कार्यवाहको जिम्मा दिएका हुन्।

यस्ता छन् एजेन्डाहरू

१.जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा
२.पार्टीको १५औं महाधिवेशन तयारी सन्दर्भमा
३.प्रतिनिधिसभा विघटन र घोषित फागुन २१ को निर्वाचन सन्दर्भमा
४.तोडफोड र आगजनीबाट भग्नावशेष भएका केन्द्रीय कार्यालयलगायतका मुलुकभरका विभिन्न पार्टी कार्यालयहरू पुनस्निर्माण सम्बन्धमा
५.मुलुकको शान्ति सुरक्षा र क्षतिपूर्ति तथा पुनस् निर्माणका सम्बन्धमा
६.प्राकृतिक विपद् र क्षतिपूर्ति तथा पुनस्निर्माण सम्बन्धमा
७.कार्यसम्पादन समितिको निर्णय सम्बन्धमा।
८.विविध

Leave a Reply

Your email address will not be published. Required fields are marked *