कांग्रेस केन्द्रीय समिति बैठक अघि कार्यसम्पादन समितिको बैठक बस्ने

काठमाण्डू, नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्दै छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयका सानेपामा दिउँसो एक बजे केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बस्ने छ ।

केन्द्रीय समिति बैठकमा हुने छलफलका एजेण्डामा सहमति कायम गर्न कार्यसम्पादन समितिको बैठक बोलाइएको हो ।

कार्यसम्पादन समितिको बैठक पनि केन्द्रीय कार्यालयका सानेपामै बस्ने छ ।

जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो ।

आजको बैठक सोही बैठकको निरन्तरता हो । हिजो २९ गते एक दिन विश्राम लिएर आजबाट बैठकलाई निरन्तरता दिन लागिएको कांग्रेस नेताहरुले बताएका छन् ।

असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका थिए ।

बैठकलाई सम्बोधन गर्दै उनले आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने बताएका थिए । उनको सम्बोधन लगत्तै बैठक स्थगित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *