काठमाण्डू, नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशीला कार्की नेतृत्वको सरकारले सडकमा तमासा देखाइरहेको आरोप लगाएका छन् ।
आफूहरूलाई गिरफ्तार गर्न भन्दै राति ३ बजेसम्म बैठक राखिएको ओलीले बताए ।
नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डूमा आयोजना गरेको कार्यक्रममा ओलीले सरकार मुलुकलाई मुठभेडमा लैजान उद्दत भएको आरोप लगाएका हुन् ।
‘भदौ २३ र २४ गते सुशीला कार्की जेनजी भनेर सडकमा उत्रिनुभयो ।
चुनाव गराउने राष्ट्रपतिले तोकिदिएको म्याण्डेट हो, उहाँहरूको उद्देश्य होइन’, ओलीले भने, ‘जुलुसमा गएर भाषण गर्नुभएको थियो, केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ भन्नु भएको थियो ।
अहिले राति ३ बजेसम्म मिटिङ राखेर केपी ओली र रमेश लेखकलाई कसरी गिरफ्तार गर्न सकिन्छ भनेर छलफल भएका छन् ।’
सरकारले खास उद्देश्यले काम गरिराखेको उनले आरोप लगाए । ‘हाम्रो पासपोर्ट रोक्ने रे रु मैले यसअघि पनि भनेको छु ।
सुशीला कार्कीको डरले केपी ओली भाग्छ गुटुटु रु गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन सल्लाह दिन चाहन्छु, राजनीति ख्यालठट्टा होइन’, ओलीले भने ।
