मलेसियाविरुद्धको चौथो खेलमा नेपाल विजयी, पाँच खेलको शृङ्खलामा २–२ को बराबरीमा

काठमाण्डू, महिला ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको चौथो खेलमा नेपाल विजयी भएको छ ।

मलेसियामा मंगलबार भएको खेलमा नेपालले मलेसियालाई छ विकेटले पराजित गरेको हो ।

योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई छ विकेटले हराएको थियो ।

तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो । मंगलबार आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७ दशमलव ३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको लागि कप्तान इन्दू बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन् । त्यस्तै रुवीना क्षेत्रिले २३ बलमा २३ रन बनाइन् ।

मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एकएक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो ।

उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् । माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन् ।

नेपालकी कविता कुँवरले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक एक विकेट लिए । शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *