Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डअन्तर्गत नेपालथोकबाट अस्थायी डाइभर्सन सडक निर्माण शुरु

- shuvadmin / मङ्गलबार, असोज २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बनेपा, बाढीपहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गको नेपालथोक–भकुण्डेबेँसी खण्डअन्तर्गत नेपालथोकबाट अस्थायी डाइभर्सन सडक निर्माण शुरु भएको छ ।

असोज १७ र १८ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट क्षतिग्रस्त उक्त खण्डमा जतिसक्दो चाँडै यातायात सञ्चालन गर्न सोमबारदेखि डाइभर्सन सडक निर्माण शुरु गरेको डिभिजन सडक कार्यालय खाल्टे सिन्धुलीले जनाएको छ ।

कार्यालयका अनुसार नेपालथोक–भकुण्डेबेँसी खण्डअन्तर्गत सिन्धुली जिल्लातर्फ काभ्रेको सिमाना वर्षे खोलासम्म रोशी खोलाको बाढीले विभिन्न ठाउँमा ५५० मिटर डाइभर्सन सडक बगाएको छ ।

त्यस्तै, थप पाँच सय मिटर सडकमाथिको कालोपत्रे सडक असर गरेको छ ।

नेपालथोक–भकुण्डेबेँसी खण्डको ३२ किलो मिटर लम्बाई सडकमध्ये १६ ठाउँमा गरी करिब चार किलो मिटर लम्बाई सडकको डाइभर्सन रोशी खोलाको बाढीले बगाई पूर्णरूपमा क्षति गरेको छ ।

ती स्थानमा शुन्यबाट मर्मत गर्नुपर्ने अवस्था रहेको छ । उक्त खण्डको सिन्धुलीतर्फ (डिभिजन सडक कार्यालय, खाल्टेको कार्य क्षेत्रभित्र) को क्षतिग्रस्त ५ सय ५० मिटर सडक बढीमा चार दिनभित्र डाइभर्सन निर्माण गर्नेगरी सोमबारदेखि दुई वटा मेसिन (एक्साभेटर) लगाई काम शुरु गरेको कार्यालय प्रमुख पारसमणि हमालले जानकारी दिए ।

उनले भने, ‘गत वर्ष असोज महिनाको बाढीपहिरोपछि क्षतिग्रस्त बनेको उक्त खण्ड मर्मतका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीमार्फत नै अहिले डाइभर्सन निर्माण शुरु गरेको हो ।

हाम्रो लक्ष्यअनुसार मेसिन पुगेको छैन । अरू मेसिन थप्न लागि रहेका छौं ।’ काभ्रेतर्फ पनि चौकी डाँडाबाट डाईभर्सन निर्माण शुरु भएको जनाइएको छ ।

गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षापछि रोसी खोलामा आएको बाढीले नेपालथोक–भकुण्डे खण्ड सडकको एक दर्जनभन्दा बढी ठाउँमा सडक बगाई क्षतिग्रस्त बनाएपछि अस्थायी डाइभसर्न बनाई यातायात सञ्चालन गरिएको थियो ।

एक वर्षपछि असोज १७ र १८ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले उक्त खण्डमा फेरि उस्तै क्षति गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बीपी राजमार्गको कुल लम्बाई बर्दिबासदेखि धुलिखेलसम्म १ सय ६० किलो मिटरमध्ये बर्दिबासदेखि नेपालथोकसम्मको १ सय १० किलो मिटर सडक भने सञ्चालनमा रहेको छ ।

छोटो दूरीमा पूर्वी नेपाललाई राजधानी काठमाडौँसँग जोड्ने जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको बीपी राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रु प्रभावित भएका छन् ।

नेपालथोक–भकुण्डेबेँसी खण्डमा अहिले नेपालथोक, बालुवा, माम्तीखोला, डालाबेँसी पिप्ले, बोक्सीकुना, चौकी डाँडालगायत एक दर्जनभन्दा बढी ठाउँमा अस्थायी डाईभर्सन सडक बगाएको स्थानीयले बताएका छन् ।

रोशी खोलाको बाढीले गत वर्ष उक्त खण्ड सडकको जहाँ–जहाँ भत्काएर क्षतिग्रस्त बनाएको थियो ।

अहिले त्यही ठाउँमा निर्माण गरिएको अस्थायी डाइभर्सन सडक पूर्णरूपमा बगाई बढी क्षतिग्रस्त बनाएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो ।

बीपी राजमार्ग अवरुद्ध भएसँगै उक्त राजमार्ग हुँदै सञ्चालन हुने यातायातका साधनलाई वैकल्पिक मार्गको रूपमा सिन्धुलीमाढी भएर मदन भण्डारी राजमार्ग प्रयोग गरी हेटौँडा हुँदै काठमाडौँ र खुर्कोट भएर मन्थली चरिकोट हुँदै अरनिको राजमार्ग प्रयोगगरी आवत–जावत गर्न आग्रह गरिएको उनले बताए ।

Page Views: 27
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama