दशैं मानेर काठमाडौँ फर्किने बढे (फोटो फिचर)

काठमाण्डू, दशैं मनाउन घर गएका सर्वसाधारण कर्मथलो काठमाडौँ फर्कन थालेका छन् ।

उपत्यका प्रवेश गर्ने नाकामा दशैं मनाएर फर्किने यात्रुको चाप बढेको छ ।

उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा लगायत अन्य नाका खुलेसँगै काठमाडौँ छिर्ने सवारी साधन बढेका हुन् ।

सरकारले बाढीपहिरोको जोखिमका कारण असोज १८ देखि २० गतेसम्म काठमाडौँ प्रवेश गर्ने नाका बन्द गरेको थियो ।

उपत्यका भित्र मात्र नभएर उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या पनि बढेको छ।

आफ्नो जन्मस्थल छोडेर विभिन्न पेसा, व्यवसाय र अध्ययनका लागि सहर पसेका दशैं सकिए लगत्तै राजधानी फर्कन थालेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *