चितवन, मुलुकको तेश्रो पर्टकीय गन्तव्य सौराहा घुम्न आएका पर्यटकहरूले नेपाली परम्परा अनुसार दशैं मनाएका छन् ।
सौराहामा पर्यटकहरूको पहिलो रोजाईमा पर्ने ग्रिन पार्क चितवन होटलमा रहेका पर्यटकहरूले टीका र जमरा थाप्दै दशैं मनाएका हुन् ।

पर्यटकीय नगरी सौराहा घुम्न आउँदा विदेशी पर्यटकहरूले नेपालीहरूको महान चाड बडादशैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै टीका र जमरा थाप्न पाउँदा हर्षित भएको होटलका रेसिडेन्स म्यानेजर (आरएम) राधा श्रेष्ठले जानकारी दिए ।

‘हामी जेनजी आन्दोलनसँगै शून्य पर्यटन नहोस् भनी पर्यटन दिवसमा हेलिकप्टर चार्टरसहित नेपाल सुरक्षित छ भन्ने अभियान पर्यटकहरूबाटै सुरू गरेका थियौं ।
आरएम श्रेष्ठले भने, ‘अहिले नेपाली परम्परा सकिदै सुरक्षित साथ नेपाल घुम्न सकिन्छ भन्ने उद्देश्यसहित दशैं पर्यटकसगै मनाएका हौं ।’
