आज र भोलि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा

काठमाण्डू, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आज र भोलि सञ्चालन गर्दैछ।

यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तयारी गरिएको यो परीक्षा जेनजी आन्दोलनपछि मुलुकमा विकसित विषम परिस्थितिको कारण पछि सारिएको हो।

बोर्डले आज अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ।

त्यसैगरी, असोज ८ दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ।

त्यस दिन अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा भने सञ्चालन हुने बोर्डले जनाएको छ।

यस वर्ष कक्षा १२ को परीक्षाफल गएको साउन १९ गते सार्वजनिक भएको थियो।

परीक्षामा ५ लाख १० हजार ९ सय ८७ जना परीक्षार्थी सहभागी थिए। जसमध्ये २ लाख ८२ हजार ४ सय ६५ जना विद्यार्थी उत्तीर्ण भएका थिए भने १ लाख ५३ हजार ८ सय ८२ जना विद्यार्थी ननग्रेड भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *