फिलिपिन्समा पहिरोमा परेर कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी, दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तको एक गाउँमा बिहीबार गएको पहिरोमा परी कम्तीमा सात जनाको मृत्यु हुनुका साथै चार जना वेपत्ता भएका छन्।

नागरिक रक्षा कार्यालयका क्षेत्रीय निर्देशक एडनार दयाङहिराङका अनुसार पहिरोले घर पुरिँदा पाँच बालबालिका र दुई वयस्कको मृत्यु भएको तथा एक वर्षीय बालकसहित दुई जना गम्भीर घाइते भएका छन्।

मृतकको शव निकालिसकिएको छ भने अझै पनि मानिसहरू त्यहाँ फसको हुनसक्ने उनले बताए।

यस क्षेत्रमा भारी वर्षा जारी रहेको र बाढीपहिरोको खतरा अझै रहेको उनले बताए।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले मिन्डानाओ टापुको डाभाओ क्षेत्रका चार प्रान्तमा भारी वर्षाका कारण झन्डै ४५ हजार परिवारका १ लाख ८७ हजारभन्दा बढी मानिस बाढीपहिरोबाट प्रभावित भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *