काठमाण्डू, ८ गतेदेखि सरकारले दिनुपर्ने बाँकी भुक्तानी माग गर्दै काठमाडौँको माइतीघरमा आन्दोलनरत १३ जिल्लाका उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन्।
शनिबार बसेको उँखु उत्पादक महासंघ र जिल्ला उखु उत्पादक संघको बैठकले आफ्ना मागप्रति सरकार उदासिन देखिएको भन्दै २५ गते सर्लाहीको हरिवनमा राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने निर्णय गरेको हो।
उखु उत्पादकहरूले सरकारले उखु किसानलाई दिनुपर्ने बाँकी अनुदानको रकम दिनुपर्ने र उखुको मूल्य तोक्दा किसान प्रतिनिधिको सहभागिता गराइनुपर्ने माग गरेका छन्।
माइतीघरमा आन्दोलनरत किसानसँग सरकारले तीनपटक वार्ता गरिसकेको छ। तर, वार्ताले समाधान निकाल्न सकेको छैन।
