नाम शिखर सम्मेलनलाई प्रधानमन्त्री दाहालले आज सम्बोधन गर्ने

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले आज असंलग्न आन्दोलन ( नाम) को १९औँ शिखर सम्मेलनमा सम्बोधन गर्दैछन् ।

सम्मेलनको पहिलो दिन प्रधानमन्त्री दाहालले सम्बोधन गर्न लागेका हुन् । ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ विषयको शिखर सम्मेलन युगाण्डाको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा सम्बोधन गरेपछि उनी त्यहाँका राष्ट्रपति जनरल योवेरी कागुटा मुसेभेनीले प्रतिनिधिमण्डलका प्रमुखको सम्मानमा आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनेछन् ।

शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्रीले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्चपदस्थहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका छ ।

सम्मेलनमा सहभागी हुन बिहिबार बिहान युगाण्डा प्रस्थान गरेका प्रधानमन्त्री दाहाल आइतबार बिहान काठमाडौं आइपुग्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *