प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने

काठमाण्डू, सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यक्रम छ।

साथै, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।

यस्तै, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पनि बैठकको कार्यसूचीमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *