सात बुँदे प्रतिबद्धता सहित पर्वतारोहण संघको आगामी नेतृत्वका लागि गुरुङ समूहको उम्मेवारी घोषणा

काठमाण्डू, आगामी भदौ ७ गते हुने नेपाल पर्वतारोहण संघको आगामी नेतृत्वका लागि कुलबहादुर गुरुङले उम्मेवारी घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर गुरुङले उम्मेदवारी घोषण गर्दै आफ्नो टिमले नेपाल पर्वतारोहण संघलाई अन्तर्राष्ट्रिय अध्ययन संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

१३ जिल्लाका बाहुन, क्षेत्री, जनजाति र महिलालाई समेटेर तयार पार्न लागेको टिममा प्रदेश समेत मिलायर ३० जनाको समूहले कलेक्टीभ लिडरसिप मोडेलमा काम गर्ने बताएका छन् ।

गुरुङको टिममा यसअघि अध्यक्षमा उम्मेदवारी दिने भनेका टीकाराम गुरुङ बरिष्ठ उपाध्यक्षका प्रत्यासी छन् भने प्रथम उपध्यक्षमा मिङ्गमा ग्याबु शेर्पा र द्धितिय उपाध्यक्षमा धनबहादुर गुरुङरले उम्मेदवारी घोषणा गरेका छन् ।

त्यस्तै महासचिवमा विमलकुमार नहर्की, सचिवमा डीमा डिकी शेर्पा, कोष अध्यक्षमा सुमि लामा रहेका छन् ।

सदस्यमा विश्व साइकल यात्री पुस्कर शाह, बलबहादुर दयाल, हरिगोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, सुदास लामा, लालबहादुर जिरेल, नुर्वु छिरिङ शेर्पा, पासाङ शेर्पा, गितार र अशोक तामाङ रहेका छन् ।

यूता छन् गुरुङ समूहले अघि सारेका ७ बुँदै नीति, दृष्टि र प्रतिबद्धता

१. सुरक्षित, जिम्मेवार र दिगो हिमाली पर्यटन
२. हिमाल संरक्षण र जलवायु कूटनीति
३. स्थानीय समुदायको सशक्तीकरण र आर्थिक समृद्धि
४. नयाँ पुस्ता र सीप विकास
५. संस्थागत पारदर्शिता र प्रभावकारी सेवा
६. अन्तर्राष्ट्रिय प्रवद्र्धन र कूटनीतिक नेतृत्व
७. नेतृत्वको मूल्य र कार्यशैली

Leave a Reply

Your email address will not be published. Required fields are marked *