काठमाण्डू, मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको निर्णयविरुद्ध सरकार सर्वोच्च जाने भएको छ ।
सोमबार उच्च अदालत पाटनले चैत १५ को तीनकुने घटनाका मुख्य दोषी प्रसाईँलाई ३ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
यसअघि जिल्ला अदालत काठमाडौंको आदेशलाई बदर गर्दै उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उक्त आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालय, पाटनलाई महान्यायाधिवक्ता कार्यालयले निर्देशन समेत दिएको छ ।
उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर आफूहरु सर्वोच्च अदालत महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले जानकारी दिए ।
त्यसो त सोमबार नै बैकिङ कसुरको मुद्दामा पनि उच्च अदालतले प्रसाईँलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
