सेयरबजारमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
तोडियो मोरङको रतुवा/केशलिया सडक निर्माणको ठेक्का
भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा देशभरका भन्सार कार्यालय ठप्प

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीनवटा खेल हुँदै

काठमाडौं, प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज पनि तीनवटा खेल हुँदैछन् ।

त्रिवि मैदानमा विहान सवा ९ बजे कोशी प्रदेश र नेपाल पुलिस क्लब भिड्दै छन् । त्यस्तै सवा ९ बजे नै मूलपानी क्रिक्रेट मैदानमा बाग्मती र मधेस प्रदेश खेल्दै छन् ।

रुपन्देहीको भैरहवामा विहान ९ बजे कर्णाली र सुदूरपश्चिम खेल्दै छन् । हिजो भएका तीन वटा खेलमा एपीएफ, आर्मी र सुदूरपश्चिम विजयी भएका थिए ।

प्रतियोगितामा एपीएफ लगातार दोस्रो खेल जित्दै ४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । आर्मी २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ ।

सुदूरपश्चिम २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *