काठमाण्डू, नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरुबिच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ ।
भेटमा समसामयिक विषय वस्तुमा छलफल हुने जनाइएको छ । दुई नेताबीच मन्त्रिपरिषद् हेरिफेरको विषयमा छलफल हुने बताइएको छ।
सरकार गठनको एक वर्ष पूरा भइसकेपछि यसबारे समीक्षा गर्दै मन्त्रिपरिषद् हेरफेरको तयारीमा प्रधानमन्त्री ओली लागेका छन्।
यसका लागि उनले प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापतिसँग छलफलमा जुटेका हुन्।
भेटवार्तामा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कांग्रेस उपसभापति पूर्णबहादुर खड्कासहितका नेताहरू रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
