काठमाण्डू, नेपाल पर्वतारोहण संघको आसन्न निर्वाचनमा ठाकुरराज पाण्डेले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
विगत ३२ बर्षदेखि पर्यटन क्षेत्रमा सक्रिय पाण्डेको फष्ट ईनभाईरोमेन्टल ट्रेकिड कम्पनी रहेको छ ।
बिभिन्न योजनासहित आफ्नो उम्म्देवारी दिएका पाण्डे पदयात्रा यात्रा र पर्वतारोहण व्यवसाय सञ्तनलन गरी दर्जनौंको संख्यामा राजगारी सृजना गर्दै आएका छन् ।
सामाजिक कार्यहरुमा सक्रिय पाण्डे संघको बर्तमान वरिष्ठ उपाध्यक्ष र पूर्वमहासचिवसमेत भै सकेका छन् ।
पोखराको अन्तर्राष्ट्रिय संग्रहाहलयको संयोजक सहि काम गरिसकेका पाण्डे पर्वतीय पर्यटनका लागि अनुभवि ब्यावसायी मानिन्छन् ।
पेशागत मर्यादा र कामदार तथा यस पेशामा लागेका सबैका लागि पाण्डेको नेतृत्व फलदायी बन्ने अपेक्षा यस पेशामा लागेकाहरुको छ ।
आज भन्दा ५२ बर्ष अघि स्थापना भएको पर्वतारेहण संघको नयाँ नेतृत्वका लागि भदौ ७ गते निर्वाचन हुँदैछ । नेतृत्वका लागि पाण्डेसहिहत चार जना चुनावी मैदानमा छन् ।
अध्यक्ष पदका उम्मेदवार पाण्डेका योजना यस्ता रहेका छन् ।
१. नेपाल पर्वतारोहण संघलाई पर्यटन ऐनमा सदाझै कायम राख्ने।
२. आरोही कल्याणकारी कोष पर्यटन ऐनमा नै समावेश गर्नको लागि नेपाल सरकारसँग जोडदार पहल गर्ने।
३. विदेश भ्रमण जाँदा संघको बजेट खर्च नगरी आफ्नै खर्चमा गई पर्वतीय पर्यटन विकासलाई उच्च महत्व दिई प्रचार प्रसार गर्ने।
४. विदेश भ्रमणमा छुट्याइएको रकम आरोही कल्याणकारी कोषमा राखि आरोहीको वच्चा हरुको शिक्षालाई प्रभावकारी ढंगले अगाडि बढाउन प्रयोग गर्ने।
५. संघको स्रोतले धान्नेसम्मको मात्र कर्मचारी राख्ने , संघलाई अनावश्यक आर्थिक भार नपार्ने।
६. बढीभन्दा बढी तालिम संचालन गरी दक्ष जनशक्ति उत्पादन गर्न उच्च प्राथमिकता दिने।
७. नेपाल सरकारको प्रविधिक अंग भएकोले सरकारसंँग सुमधुर सम्बन्ध कायम गरी प्रशस्त बजेट विनियोगको लागि प्रभावकारी ढंगले काम अगाडि बढाउने।
८. जलवायु परिवर्तनको भयानक असर हिमाली क्षेत्रमा रहेका स्थानीय वासिन्दाहरु र हाम्रो हिमालहरुलाई जोगाउन राष्ट्यि र अन्तराष्ट्यि क्षेत्रमा जोडदार ढंगले लागि परि उक्त असर न्यूनीकरणको लागि प्रभावकारी ढंगले काम गर्ने।
९.संविधानको संमरचना अनुसार संघ, प्रदेशर स्थानीय निकायसंँग प्रभावकारी ढंगले समन्वय गरी ७७ वटै जिल्लामा पर्वतीय पर्यटन विकासका लागि मिलेर काम गर्ने
१०. जति छिटो सरकारलाई सघाउँदै नयाँ हिमालहरु खोलि पर्वतीय पर्यटन विकासलाई अगागी बढाई आरोहीहरुको रोजगारी बढाउने।
११. पोखरामा रहेको अन्तरराष्ट्रिय संग्रालयको स्तरउन्नति,मनाडमा रहेको तालिम भवनलाई राम्रो बनाई तालिम सञ्चालन गर्न र ककनी मारहेको ठूलो क्षत्रफलको जग्गामा अन्तरराष्ट्रिय पर्वतीय हवको विकास गरी पर्वतीय हिल स्टेशनको विकास गरी आरोही आरोग्य भवन बनाई आरोहण पछिको रिटायर जीवनलाई सुखमय बनाउन प्रभावकारी ढंगले काम गर्ने माहान आरोहीको शालिक बनाई उनीहरुको उच्च सम्मानलाई अगाडि बढाउने।
राष्ट्रिय, अन्तरराष्ट्रिय क्षेत्रमा पुरुष सरह आरोहण क्षेत्रमा महिला आरोहीहरुको योगदानलाई कदर गरी उनीहरुको सम्मानलाई प्रभावकारी ढंगले अगाडि बढाउने र आरोहण पछिको अफ सिजन समय देशै भरिका शैक्षिक संस्थाहरुमा पर्वतीय पर्यटन विकासका लागि पढाउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरी रोजगारी उपलब्ध गराउन पहल गर्ने।
