काठमाण्डू, नेपाल पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पाले उम्मेदवारी घोषणा गरेका छन् ।
‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धनका लागि मेरो उम्मेदवारी’ भन्ने नारासहित शेर्पाले उम्मेदवारी घोषणा गरेका हुन् ।
भदौं ७ गते काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने संघको निर्वाचनमा शेर्पाले ‘पर्वतीय पर्यटनको विकास, संरक्षण र सम्बद्र्धनका लागि ‘मेरो उम्मेदवारी’ भन्ने नारा सहित आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले संघको विधान र परिधि भित्र रहेर आफ्नो सदस्यहरुको हकहित संरक्षणका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन्।
संघको सदस्य भएको गर्व महसुस प्रत्येक सदस्यले गर्ने गरी सरकारसँग समन्वय गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उकास्न विभिन्न परियोजनाहरु सञ्चालन गर्ने उनले बताए।
यस्तै, आरोहीहरुको हकहित संरक्षणका लागि र आपतकालिन उदारका लागि आरोही कल्याणकारी कोषलाई व्यवस्थीत गर्ने प्रतिबद्धता जनाए।
हाल सरकारले यो कोष बनाउने घोषणा गरेपनि पूर्णता पाउन सकिरहेको छैन।
हिमाल सम्बन्धी अध्ययन गर्ने राम्रो विद्यालयहरु र विश्वविद्यालय नभएको कारणले धेरै नेपालीहरुले विदेशमा गएर पढ्नु पर्ने र सिक्नु पर्ने बाध्यता रहेको उनले गुनासो गरे।
‘अहिले पर्वतारोहण सम्बन्धी पढाइ भने केहि कलेजमा हुन्छ। तर, विश्व विद्यालयकै रुपमा नेपालमा नभएकोले माउन्टेन एडभेन्चर युनिभरसिटी खोल्नका लागि सुरुवात गर्ने छु’, शेर्पाले भने, ‘माउन्टेन टुरिजम युनिभरसिटी नेपालमा खोल्न सकियो भने सम्पूर्ण आरोहण गतिविधि सम्बन्धी पढ्न जाने हजारौं युवाहरुले नेपालमै पढ्न पाउछन्।’
को हुन फुर गेल्जे शेर्पा ?
सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हामु गाउँपालिका गाउँपालिका वडा नम्बर ३ मा जन्मिएका शेर्पा सानैदेखि ट्रेकिङ र आरोहण क्षेत्रमा काम गर्दै पढ्दै उनि आरोहण क्षेत्रमै सक्रिय भए।
उनले पढाई र कामलाई समानन्तर रुपमा अगाडी बढाए। पढाइ सकेपछि आफ्नै कम्पनी खोलेर व्यवसायीक यात्रालाई अगाडी बढाए।
उनले ६ हजारभन्दा माथिको १ वटा हिमाल आरोहण गरेका छन्। हिमाली क्षेत्रको रहनसहन, समस्या र त्यहाँको वातावरणको बारेमा पर्वतिय पर्यटनसँग निकटनै भएर काम गरिरहेका छन्।
पर्वतारोहणसँगमा उनि पहिलो पटक सन् १९९९ देखि २००२ सम्म कार्यसमिति सदस्य भए। पछि एक कार्यकाल पर्वतारोहण संघमै विदेश विभाग प्रमुखको रुपमा पनि उनले काम गरे।
पर्वतारोहण संघले आयोजना गरेको रक्तदान कार्यक्रम,वालक्लाइमिङ प्रतियोगितामा तीन पटक संयोजक भएर काम गरिसकेका छन्।
त्यसबाहेक नेपालको हिमाली क्षेत्रमा हुने दुर्घटना र परिघटनासँग सधैभरी नजिकबाट नियालेर समाजसेवा र उद्धारको काम गरिरहेका छन्।