काठमाण्डू, महिला पर्यटन व्यवसायी सञ्जालले आयोजना गरेको डिजिटल मार्केटिङ सम्बन्धी तालिम समापन भएको छ ।
आइतवारबाट शुरु भएको तालिमको प्रतिनिधिसभाका सांसद एवम अन्तरास्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य माननीय सुनिता बरालले उद्घाटन गरेकी थिइन् ।
_CXVhWpSiZT_sph1isvxtpb8e42dscux0jnc4f20lmlw4vprs2roikw7mcwmedmi02ztzolu_Ap2CKpfNoq_a38pylqa22ydhirwmbbynxsiyojqrbrnimu3gn7aoj16ndxehotca6brjjg8.jpg)
नेपाल पर्यटन बोर्ड बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडिपी)को सहकार्यमा महिला पर्यटन व्यवसायी सञ्जालले गरेको तालिममा पर्यटन क्षेत्रमा महिला उद्यमीहरूको डिजिटलपनको विकास गर्ने लक्ष्य राखिएको जनाइएको छ ।
_6fClQeH5mo_g6tvin9qidllbjmc9wz0xgzo2dkzb0ao1ujzf6ncmdzl3xokpeqcyfdnq535.jpg)
तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि बरालले महिलालाई सशक्तीकरण गर्ने र डिजिटल मार्केटिंग सीपहरूको प्रवर्द्धन गर्न सकेमा आय आर्जनको बाटो खुल्ने बताइन ।
प्रमुख अतिथि बरालले यस्ता तालिमले महिलाहरुलाई नेपालको पर्यटन उद्योगलाई विश्व बजार समक्ष लान उपयोगी बन्ने धारण राखिन ।
_GQi0rCYGai_yz0fvco69mdnyjke3hk9g2yn1nyb56hnq6e84t3jbs2n2bgb9tniatkhsi0l.jpg)
महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष निर्मला धमलाले दिगो पर्यटनका लागि डिजिटल प्रविधिले पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्न सहज हुने बताइन । तालिम महिला पर्यटन ब्यावसायीका लागि फलदायी बन्ने अध्यक्ष धमलाको बुझाइ थियो ।
तालिममा बिशेष अतिथि नेपाल बार एसोसियसनका उपाध्यक्ष अधिवक्ता तथा संस्थाकी कानूनी सल्लाहाकार सरस्वती श्रेष्ठ, प्रोजेक्ट म्यानजर श्रदा श्रेष्ठ , पर्यटक प्रहरी इनिस्पेक्टर उमा केसी, STP का Finance project Manager खगेन्द्र खड्काको सहभागिता रहेको थिया भने महिला पर्यटन ब्यबसायी, प्रशिक्षक र संजालका कार्यसमितिका सदस्यहरुले पनि तालिम लिएका थिए ।
सञ्जालले छोटो समयमै उल्लेखनीय काम गर्दै आएको छ । यस अघि टयाक्स भ्याट र कम्पनी कसरी सञ्चालन गर्ने भन्ने किसिमका तालिम पनि दिएको छ ।
सञ्जालले पर्यटन प्रर्वधनका लागि अध्ययन अवलोकन भ्रमणदेखि पदयात्रा समेत सञ्चालन गरेको थियो । अब सञ्जालले महिलाहरुका लागि गाइड तालिम पनि सञ्चालन गर्ने तयारी गरेको छ ।
