काठमाण्डू, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले माइतीघरमा आमरण अनशन शुरु गरेका छन्।
स्थानीय कच्चा पदार्थ प्रयोग गर्न पाउनुपर्ने माग गर्दै उनले अनशन शुरु गरेका हुन्।

स्थानीय कच्चा पदार्थ प्रयोग गर्न संघीय ऐन बाधक भएकाले त्यसलाई संशोधन गर्नुपर्ने उनको मुख्य माग छ। ‘पैसा छैन नीति देऊ, आत्मनिर्भर समाज बनाऔँ,’ ‘प्रकृतिको विनास हैन, संरक्षण गरौँ,’ ‘जलवायु परिवर्तनको असर, खोला खोल्सी अनियन्त्रित क्रसर’, ‘प्रकृतिको पूजा गरौँ, प्राणीको अस्तित्व जोगाऔँ,’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन्।
आइतबार उनले माइतीघर मण्डलामा कपाल मुण्डन गरी सेतो कपडा लगाएर सत्याग्रह शुरु गरेका थिए।

माग पूरा नभएपछि उनले आमरण अनसन शुरु गरेका हुन्।



