Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मेलम्ची उपआयोजनाका २ फोहोर पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न

- shuvadmin / मङ्गलबार, साउन १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मेलम्ची खानेपानी आयोजनाको उपआयोजना–२ अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) द्वारा काठमाडौँ, ललितपुर र भक्तपुरमा दुई फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएका छन् ।

काठमाडौंको गुह्वेश्वरीमा प्रतिदिन तीन करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको ‘गुह्वेश्वरी फोहोरपानी प्रशोधन केन्द्र’ निर्माण गरी सञ्चालनमा ल्याइएको आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) का प्रुमख लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।

उनका अनुसार पशुपति क्षेत्रभन्दा उपल्लो तटीय क्षेत्रबाट आउने फोहोरपानी प्रशोधन गरी सफा र स्वच्छ पानी बाग्मती नदीमा प्रवाह गर्ने उद्देश्यले केन्द्र निर्माण गरिएको हो ।

ललितपुरको धोवीघाटमा निर्माणाधीन दुईमध्ये प्रतिदिन तीन करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको एउटा प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ ।

धोवीघाटकै अर्को फोहोरपानी प्रशोधन केन्द्रसहित कोड्कु र भक्तपुरको सल्लाघारीमा पनि फोहोरपानी प्रशोधन केन्द्र निर्माण जारी छ ।

निर्माणाधीन केन्द्रमध्ये धोविघाटकै अर्को केन्द्रको फोहोरपानी प्रशोधन क्षमता प्रतिदिन तीन करोड ७० लाख लिटर, कोड्कुको एक करोड ७५ लाख लिटर र सल्लाघारीको एक करोड ४२ लाख लिटर रहनेछ ।

त्यसैगरी, निर्देशनालयबाट ललितपुर महानगरपालिकाको समेत सहयोगमा ऐतिहासिक पाटन दरबार क्षेत्र र आसपासका क्षेत्रमा युनेस्कोको मापदण्डमा रहेर ढल प्रणाली निर्माण गरिएको छ ।

यस कार्यबाट उक्त ऐतिहासिक क्षेत्रमा वर्षायाममा सडक जलमग्न हुने र ढल तथा मङ्गल जाम हुने समस्या समाधान भएको प्रमुख उपाध्यायले बताए ।

निर्देशनालयले निर्माण सम्पन्न भएका पानीपोखरी, थोक वितरण प्रणाली र त्रिभुवन विश्वविद्यालयसहित कुल ३३ खानेपानी वितरण प्रणाली (डीएमए) मध्ये १४ वटाको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिसकेको छ ।

कीर्तिपुर र आरूबारीमा निर्माण गरिएका दुई पानीपोखरी तथा बाँकी रहेका १९ खानेपानी वितरण प्रणालीमध्ये ११ वटाको स्वामित्व हस्तान्तरण गर्ने तयारी रहेको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता विकेश बधानथाछेले जानकारी दिए ।

काठमाडौँ उपत्यकामा आगलागी नियन्त्रणका लागि सबै खानेपानी वितरण प्रणाली (डीएमए) हरूबाट दमकलमा पानी भर्न तथा सिधै पाइप जोडेर आगलागी नियन्त्रण गर्न सकिने गरी कुल ३४८ फायर हाइड्रेड प्रणालीको व्यवस्था गरेको निर्देशनालयले जनाएको छ ।

रासस

Page Views: 22
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama