एजेन्सी, स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । सोमबार बिहान सकिएको फाइनलमा रियलले बार्सिलोनामाथि ४–१ गोलको एकतर्फी जीत निकाल्दै उपाधि उचालेको हो ।
स्पेनलाई च्याम्पियन बनाउनका लागि भिनिसियस जुनियरले ह्याट्रिक गर्दा रोड्रिगोले १ गोल थपेका थिए । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले सान्त्वना गोल गरे ।
रियल मड्रिडका लागि जुनियरले सातौं मिनेटमा जुड बेलिङ्घमको पासमा गोल गर्दै अग्रता दिलाए ।
जुनियरले १० औं मिनेटमा रोड्रिगोको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गरे ।
३३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउन प्रयास गरेका थिए ।
तर, ३९ औं मिनेटमा जुनियरले पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेपछि रियल ३–१ ले अघि बढेको थियो ।
६४ औं मिनेटमा रोड्रिगोले व्यक्तिगत पहिलो गोल गर्दा रियल मड्रिड ४–१ ले अघि बढेको थियो ।
७१ औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटिएको थियो । रोनाल्ड अरुगो दोहोरो पहेँलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए ।
त्यसपछि थप गोल नभएप्छि सानदार जीतका साथ रियलले सुपर कपको उपाधि कब्जा गर्न सफल भयो ।
जीतसँगै गत संस्करणको फाइनलमा व्यहोरेको हारको बदला पनि रियलले लिएको छ ।
सुपर कपको उपाधि सर्वाधिक जित्ने टोली बार्सिलोना हो भने दोस्रो स्थानमा रियल मड्रिड रहेको छ ।
बार्सिलोनाले अहिलेसम्म १४ पटक उपाधि जित्दा रियलले १३ पटक जितेको छ ।